LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठ दिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित आठ दिने तालिम विहिवार समापन भएको अवसरमा बोल्ने बक्ताहरुले तालिमले कञ्चन गाउँपालिकालाई मेलमिलापको पर्याय बनाउने आशा समेत ब्यक्त गरेका छन ।


कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको तालिममा ३० जना मेलमिलाप सहजकर्ताहरुले तालिम लिएका छन ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड काठमाण्डौंको प्राविधिक सहयोगमा तालिम भएको हो ।


पालिकामा आउने मुद्दा मामिलाको सहजीकरण गर्ने, पैरवी गर्ने, मेलमिलाप गराउने उद्देश्यले स्थानीय पालिकाहरुमा उपाध्यक्षको संयोजकत्वमा मेलमिलाप केन्द्र गठन हुने व्यवस्था छ ।
बिहिबार तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन मेलमिलाप सम्वन्धि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले अदालतको भूमिकाको जिम्मेवारी पालिकाले पाईराख्दा स्थानीय जनतालाई स्वच्छ र विवादरहित ढंगले न्याय दिने बिषयमा पालिका प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।


त्यसैगरी आठ दिने मेलमिलाप तालिम लिएपछिको अनुभव सुनाउँदै तालिमकी प्रशिक्षार्थी उजेली विश्वकर्माले तालिमले आफ्नो जीवनलाई नै परिवर्तन गरिदिएको बताउनु भयो । तालिमले म धेरै जान्नेछु भन्ने घमण्ड तोडिदिएको र मेलमिलाप तालिम तालिममध्येमा पनि उत्कृष्ट तालिम रहेको विश्वकर्माको भनाई छ ।


तालिमका प्रशिक्षक राममणी गौतमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३२ हजार बढी मेलमिलाप तथा सहजकर्ता यस्तै तालिममार्फत उत्पादन गरेको बताउँदै तालिम पाएपछि मेलमिलापकर्ताहरुले समाजमा राम्रो काम गरेर उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो । उहाँले मेलमिलापकै सन्दर्भमा तालिम प्राप्त प्रशिक्षार्थीहरुबाट केही कमजोरी भए त्यसले आफूहरुलाई पनि बिझ्ने भएकोले इमान्दारीता र कर्तब्यनिष्ठ भएर काम गर्न तालिम लिएका प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।


गत विहिवारदेखि सुरु भएको तालिमले गाउँपालिकामा आएका मुद्दा मामिला स्थानीय स्तरमै मिलाउन सहयोग पुग्ने विश्वास सहभागीहरुले गरेका छन ।
पालिकामा हुने झैझगडा तथा विभिन्न प्रकारका मुद्दा अदालतमा भन्दापनि पालिकामै मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र गठनको अवधारणा आएको हो ।
कञ्चन गाउँपालिकामा पनि स्थानीय मुद्दा मामिला पालिकास्तरमै मिलापत्र गराउन मेलमिलापकर्ताहरुलाई तालिमको आयोजना गरिएको हो ।


समापनका अवसरमा कञ्चनको वडा नंं ३ का वडा अध्यक्ष टिकाराम सापकोटा र वडा नंं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले पनि बोल्नुभएको थियो ।
कार्यक्रम कञ्चन गाउँपालिकाका प्रशासन प्रम’ख गिरीराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय