LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

 

कालीकोट कात्तिक २४ गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।

तिलागुफा नगरपालिकाको फोइ महादेवमा आयोजित १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर घर फर्किँदै गरेका खेलाडी दुर्घटनामा परेका हुन् ।

शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले मान्मबाट शुभकालिका घर आउँदै गरेका खेलाडी चढेको बोलेरो दुर्घटना भएको बताउनुभयो ।

बा १४ च ८८९९ नम्बरको बोलेरो जीपको ब्रेक फेल भएर सडकबाट खस्दा शुभकालिका ६ हाउडीका १७ वर्षीय वसन्त शाही, सोही ठाउका सुमन शाही, १८ वर्षीय प्रकाश शाही र १६ वर्षीया मीना शाही घाइते हुनुभएको छ । मीनालाई सामान्य चोट लागेको छ ।
घाइतेमध्ये वसन्तको छाती र बाया हातमा चोट लागेको छ भने अन्यको हात खुटामा चोट लागेको छ । घाइतेलाई सुकाटिया स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मान्म ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।

जीप चालक तिलागुफा नगरपालिका–१ भिग्मका पदम बुढा फरार छन् । ५ जनाको सिट भएको बोलेरमा १२ जना चढेको स्थानीयले बताएका छन् । जीप सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय