LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची ।
अर्घाखाँचीमा रातीमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ।
तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न समेत रोक लगाएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए।जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको उनले बताए ।
यस्तै मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरूमा हो–हल्ला र झैं–झगडा नगर्न समेत प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।
पर्वहरुलाई शान्तिपूर्ण वातावरणमा सुरक्षित, मर्यादित अनुशासित र सु–संस्कृत रुपमा मनाउन यस्तो निर्णय गरीएको भन्दै नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय