LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

खजुरा, कात्तिक २६ गते । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाखभन्दा बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।

भारतबाट विभिन्न नाका हुँदै अवैध रुपमा जिल्लाभित्र भित्र्याइएका प्रतिबन्धित पटका नियन्त्रणमा लिएर शनिबार जिल्ला प्रहरी कार्यालय परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट अवैध रुपमा भित्र्याइएका ती पटका नेपालगञ्जका विभिन्न स्थान र खजुरा गाउँपालिकाका विभिन्न वडाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएर नष्ट पारिएका पटकाको अन्दाजी मूल्य ५ लाख १६ हजार ७ सय ६० रुपियाँ रहेको प्रहरीले जनाएको छ ।

पटकाजन्य वस्तु हरेक वर्ष चाडपर्वका समयमा भारतका विभिन्न नाका हुँदै अवैध रुपमा नेपाल भित्रिने गरेको पाइन्छ । पटकाजन्य वस्तुले स्वास्थ्य, वातावरण तथा धनजनमा क्षति गर्छ । प्रशासनले पटकाजन्य वस्तुको ओसारपसार, विक्रीवितरण र पड्काउन प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय