LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

 

 

नेपालगन्ज, कात्तिक २७ गते । पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक(पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ ।

सो क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी सिकारीमा सङ्लग्न व्यक्तिलाई नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट सेनाको गस्ती टोलीले चोरीशिकारीमा संलग्न रहेका चार जनालाई ४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

उहाँले पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली रहेको बताउनुभयो ।

निकुञ्जभित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएपछि निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेसन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

पक्राउ परेकाको साथबाट भरुवाबन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामग्री बरामद गरिएको पनि उहाँले बताउनुभयो ।

निकुञ्ज प्रशासनका अनुसार पक्राउ परेकाहरूलाई एक वर्ष कैद, एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि पक्रिया अगाडि बढाइएको जनाउँदै केही समय यता चोरीशिकारी बढ्दैगएको पाइएकाले निकुञ्जभित्र गस्ती बढाइएको पनि बाँके र बर्दिया दुबै निकुञ्जले जनाएका छन् । केही समययता आएर निकुञ्ज क्षेत्रभित्र विभिन्न जनावरहरु समेत मृत भेटिने गरेकाले पनि चोरीशिकारी बढेको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय