LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

भुवन जिसी
सैनामैना, २७ कार्तिक । कामको सिलसिलामा युएईमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले नेपालीहरुको दोश्रो ठूलो पर्व दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरी संस्कृति संरक्षण गर्ने अभियान चलाएका छन ।
सनातन गौ संरक्षण अभियान युएई, हिन्दु जागरण नेपाल युएई र वैष्णव परिवार युएई तथा अन्य सामाजिक संस्थाहरुको आयोजनामा देश विदेश जहाँ रहेपनि नेपालको आफ्नो मौलिक धर्म संस्कृति जगेर्ना गर्ने उद्देश्यले दिब्यलक्ष्मी पुजा, भजन किर्तन तथा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।
सनातन गौ संरक्षण युएईका वरिष्ठ उपाध्यक्ष सागर दाहालको संयोजकत्वमा आईतबार दुबईको ब्लु प्यालेस रेस्टुरेन्टको सभाहलमा भब्यरुपमा कार्यक्रम सम्पनन भएको बताइएको छ।
सनातन गौ संरक्षण अभियान युएईकी अध्यक्ष रमा न्यौपाने पन्थको अध्यक्षतामा भएको कार्यक्रममा युएईका सामाजिक संस्थाहरुको छाता संगठन नेपाली समाज युएईका बेदप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

 


कार्यक्रममा सनातन गौ संरक्षण अभियानका प्रवक्ता गोपाल पराजुली र अभियन्ता सुनिता शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वैष्णव परिषद युएईका सचिव आचार्य ज्योतिष सम्पथकुमार न्यौपानेले लक्ष्मी पुजा अर्चना गर्नुभएको थियो भने पुजामा मुख्यकर्ता युएईमा व्यवसाय गर्दे आउनुभएका धार्मिक तथा समाजसेवी देवदह समाज युएईका अध्यक्ष रमेशप्रसाद न्यौपाने लगायत पार्वता सिग्देल, लक्ष्मी शर्मा, देवी पाण्डे, सुशीला भट्टराई, शोभा शर्मा, पुस्पा पन्थ, राधा अधिकारी लगायतले गर्नुभएको थियो ।
ममता ढकाल र अन्जली अधिकारीले लक्ष्मीमाताको आरति गर्नुभएको कार्यक्रममा संस्थाकी भजनकिर्तन संयोजक सुनिता शर्मा र राधा अधिकारीले अतिथीहरुलाई स्वागत गीतद्वारा स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा वैष्णव परिषद युएईका अध्यक्ष अमृत अधिकारीले परदेशमा रहेर पनि हामीले कसरी अध्यात्ममार्फत भक्ति भाव प्राप्त गर्न सक्छौं भन्ने बारे सत्संग श्रवण गराउनु भएको थियो ।
हिन्दु जागरण नेपाल युएईका उपाध्यक्ष युवराज न्यौपानेले आयुर्वेदमा पञ्चगब्यको महत्वको साथमा धर्म संरक्षणमा हामी सवैको भूमिका बिषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले परदेशमा रहेरपनि आफ्नो धर्म संस्कार र संस्कृति जगेर्ना गर्नको लागि सनातन गौ संरक्षण युएईले पु¥याएको योगदानको प्रशंसा गर्दै आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरुमा साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा युएईलाई कर्मथलो बनाउँदै आउनुभएका नेपालका कृष्ण परियार, सुरेन्द्र परियार, पारु थापा, सरु भण्डारी, सरोज थापा, बाबुराम बिक, एन्जल लगायतका कलाकारले देश प्रेम झल्कने गीत नाच एवं देउसी भैलोबाट मनोरञ्जन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय