LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

बुधबार, २९ कात्तिक २०८०

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।

मुम्बइस्थित वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक बनाए । उनले टोलीका लागि एक सय १७ रनको योगदान गरे । यस क्रममा उनले एक सय १३ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए ।

त्यसअघि विराटले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका थिए । विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक सङ्ख्यालाई उछिनेका हुन् । न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको शतक सङ्ख्या ५० पुगेको छ ।

विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका थिए । उनले खेलको ४१।४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका थिए ।

विराटले १० दिनअघि मात्र ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए । विराटले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा शतक प्रहार गरिसकेका छन् ।

सेमिफाइनलमा शतक बनाउँदै विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । सचिनले टेस्ट र एक दिवसीय क्रिकेटलाई जोड्दा एक सय वटा शतक बनाएका छन् । त्यो कीर्तिमान भने हालसम्म पनि सचिनकै नाममा छ । सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।

बुधवार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा विराटका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि सतकीय पाली खेले । उनले टोलीका लागि एक सय पाँच रनको योगदान गरे । यसका क्रममा उनले केवल ७० बलको सामना गरी आठ छक्का र चार चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान शुभमन गिलले पनि टोलीका लागि अविजित ८० रनको योगदान गरे । उनले ६६ बलको सामना गरी तीन छक्का र आठ चौका पनि हिर्काए । त्यसअघि ७९ रन बनाउँदै उनी ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए । भारतको चौथो विकेट खसेपछि उनी पुनः क्रिजमा फर्किएका थिए ।

त्यसअघि कप्तान रोहित शर्माले पनि टोलीको खातामा ४७ रन थपेका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका कप्तान रोहितले केवल २९ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे । उनले केवल २० बलमा दुई छक्का र पाँच चौका प्रहार गरे ।

भारतले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय ब्याट्सम्यानसामु न्युजिल्यान्डका बलरहरु निरीह साबित भए । न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिए । ट्रेन्ट बोल्टले एक विकेट हात पारे । अन्य कुनै पनि किविज बलरले विकेट लिन सकेनन् । पाँच ओभरभन्दा बढी बलिङ गर्ने न्युजिल्यान्डका हरेक बलरले ५० भन्दा बढी रन खर्चिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय