LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

दिनेश खनाल सैनामैना । न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हरायो ।

भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर ५ बलमा ३ सय २७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय १९ बलमा १ सय ३४ रन बनाएर आउट भए । यस्तै कप्तान केन विलियमसनले ६९ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।

भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । कोहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

योसँगै भारतले ४ वर्षअघिको बदला लिएको छ । सन् २०१९ को एकदिवसीय विश्वकपमा म्यानचेस्टरमा भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो ।

अब भारतले फाइनलमा भोलि बिहीवार कोलकाताको इडेन गार्डेनमा हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । भोलि अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय