LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कात्तिक ३०, २०८० बिहिबार

काठमाण्डौ – केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिका विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताउनुभएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ ।

ताना र आठ नदी विकास प्राधिकरण ९टार्डा०ले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो । केन्याको मौसम विभागले आउँदो जनवरीसम्म नै वर्षा हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय