LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुरका १० स्थानमा २५ लाख ३० हजार ७५० रुपियाँ बराबरको चोरी भएको छ । त्यसै गरी भक्तपुरका सात स्थानमा ५० लाख ५६ हजार रुपियाँ बराबरको चोरी भएको छ । उहाँले चोरीका घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँमा पाँच स्थानमा लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चाडपर्वको बहानामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका १२, ललितपुर र भक्तपुरमा दुई–दुई स्थानबाट प्रहरीले ६९ बुक ताससहित अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले २१ लाख ७१ हजार ३३५ रुपियाँ बरामद गरेको छ । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँ र ललितपुरका एक–एक स्थानबाट कौडा खेल्ने ३२ जनालाई १२ लाख ९१ हजार ५५० रुपियाँसहित पक्राउ गरिएको बताउनुभयो । प्रहरीले आठ जनालाई पटाकासहित पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय