LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो ।

जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब स्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो । आक्रमणमा डिएसपी सहित केही प्रहरी घाइते भएका छन् । प्रहरीले आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००-२२०-१३२-११ केभी सब-स्टेसन निर्माण गर्न लागिरहेको छ ।

सब-स्टेसन निर्माणका लागि आवश्यक पर्ने सब-स्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम सहमतिले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपियाँ वितरण गरिएको छ ।

तर, राष्ट्रिय सीमान्त करण विरुद्ध अभियान  समान, नेपाल नाममा सञ्जालको उक्साहटमा प्रभावित जग्गाधनीहरूभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षबाट सब-स्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले पटक पटक छलफल गरे पनि कुनै सहमति भएको छैन । मानव बस्तीमा सब-स्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नु पर्ने माग राख्दै समान, नेपालको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैर सरकारी संस्था र असम्बन्धित व्यक्तिहरूको उक्साहटका कारण सब-स्टेसन निर्माणमा अवरोध भइरहेको बताउनुभयो । सब-स्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताउनुभयो ।

उहाँले लप्सी फेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सब-स्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत प्रवाह गर्न नसकी काठमाडौँ उपत्यकामा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।

सब-स्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सी फेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सी फेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सब-स्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सब-स्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी। सब-स्टेसन सम्पन्न हुने चरणमा छ ।

प्राधिकरणले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पहरूमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकोले सब-स्टेसन अन्यत्र सार्न नसकिने प्रस्ट पार्दै आएको छ । जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजी खुसीले रकम बुझेका थिए । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैङ्क एडिबी को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋण सब-स्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

नयाँ खिम्ती–काठमाडौँ ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सब-स्टेसनहरू गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ । लप्सी फेदी र चाँगुनारायण सब-स्सटेन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मङ्सिर २०७४ ९१४ डिसेम्बर२०१७० मा भएको थियो । ठेकेदारले लप्सी फेदी सब-स्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मङ्सिर २०७७ ९१९ नोभेम्बर २०२०० नयाँ ठेक्का लगाइएको थियो ।

पहिलो ठेकेदारले काम गर्दा लप्सी फेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सब-स्टेसन निर्माण स्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय