LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कैलालीको धनगढीमा आगलागीबाट एक अस्पताल सहित ८ पसलमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका १ स्थित सारथि अस्पतालसँगै जोडिएका आठ पसलमा आगलागी भएको हो । दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा राती एक बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना,तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना,सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलाली नैनादेवीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली आगलागी नियन्त्रणका लागि खटिएको थियो ।

आगलागी नियन्त्रण कार्य भइरहेकोले क्षतीको विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक पालले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । आगो निभाउन धनगढी उप महानगरपालिकाको २ वटा,गोदावरी नगरपालिकाबाट १ वटा,पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल प्रयोग गरिएको छ । क्षतिको विवरण आउन बांकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय