LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कैलालीको धनगढीमा आगलागीबाट एक अस्पताल सहित ८ पसलमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका १ स्थित सारथि अस्पतालसँगै जोडिएका आठ पसलमा आगलागी भएको हो । दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा राती एक बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना,तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना,सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलाली नैनादेवीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली आगलागी नियन्त्रणका लागि खटिएको थियो ।

आगलागी नियन्त्रण कार्य भइरहेकोले क्षतीको विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक पालले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । आगो निभाउन धनगढी उप महानगरपालिकाको २ वटा,गोदावरी नगरपालिकाबाट १ वटा,पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल प्रयोग गरिएको छ । क्षतिको विवरण आउन बांकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय