LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

एक सयभन्दा धेरै देशको भर्चुअल सम्मेलनमा उहाँले यो समय ग्लोबल साउथ देशहरु बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । गएको सेप्टेम्बर २० तारिखमा शीर्ष विश्व अर्थतन्त्र समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।

संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील देशहरुका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले जलवायु वित्त, विकासशील देशहरुको कर्जा बोझ र दिगो विकासका लागि शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको बताउनुभयो ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा भएको आक्रमणको भारतले निन्दा गर्दै आएको छ । संवाद र कुटनीतिमा जोड दिएको भारतले दुई पक्षबीचको सङ्घर्षमा नागरिकले ज्यान गुमाएका भन्दै भर्त्सना पनि गरेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय