LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

एक सयभन्दा धेरै देशको भर्चुअल सम्मेलनमा उहाँले यो समय ग्लोबल साउथ देशहरु बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । गएको सेप्टेम्बर २० तारिखमा शीर्ष विश्व अर्थतन्त्र समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।

संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील देशहरुका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले जलवायु वित्त, विकासशील देशहरुको कर्जा बोझ र दिगो विकासका लागि शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको बताउनुभयो ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा भएको आक्रमणको भारतले निन्दा गर्दै आएको छ । संवाद र कुटनीतिमा जोड दिएको भारतले दुई पक्षबीचको सङ्घर्षमा नागरिकले ज्यान गुमाएका भन्दै भर्त्सना पनि गरेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय