LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

जलवायु परिवर्तनको असर मनाङमा पनि पर्न थालेको छ । विगत वर्षहरुमा कात्तिक पहिलो साता नै बेँसी झर्ने भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ यस वर्ष मंसिर लागेपछि बेँसी झर्न थालेका हुन् ।

चिसो बढ्दै जाँदा लेकमा घाँस सुकेर अभाव हुने भएकाले विस्तारै लेकबाट बेँसीतर्फ गोठ सार्ने काम सुरु भएको छ । जेठ महिनादेखि अग्ला लेकमा लगिएका भेडा–च्याङ्ग्रा र चौंरी गोठ गोठालाहरुले चाडपर्व सकिएसँगै बेँसीतर्फ झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क पनि खाली हुँदैआएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका –६ केरकिनमा चौंरी तथा भेडा–च्याङ्ग्रा पाल्दैआएका सगर गुरुङले ३ हजार ६ सय मिटर उचाइको लेकबाट हिउँ पर्न थालेपछि पशु झर्न थालिएको बताउनुभयो । मनाङकै ङिस्याङ –८ जुलुमा ३७ परिवारले सामूहिक रूपमा भेडा–च्याङ्ग्रापालन गर्दैआएका छन् ।

जुलुका भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ पनि बेँसीगाउँ आसपासको बेँसीतिर झारिएको गुरुङले बताउनुभयो । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उहाँले बताउनुभयो ।

व्यावसायिक रूपमा पशुपालनलाई सरकारले चासो नदिएकोमा गुरुङको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘गत वर्ष विभिन्न रोगले २२ चौंरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।’

गत वर्ष हिमपहिरामा परी २ सय ५० भन्दा बढी भेडा–च्याङ्ग्रा तथा चौंरी मरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।’

ङिस्याङकै अर्का चौंरी पशुपालक याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले हिउँचितुवाले बढी सताउनेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले चौंरी र भेडा–च्याङ्ग्रा धेरै थिए । हिजोआज चाहिँ पाल्नेक्रम कम भएको छ । अझ हिउँचितुवाको आक्रमण बढ्दा समस्या थपिएको छ ।’ साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुनेगरेको गुनासो गर्दै गुरुङले भन्नुभयो, ‘हिउँचितुवाले आक्रमण गर्दा कति बाच्छाबाच्छी जोगाउनै मुस्किल छ । कहिले त कति बेला खायो नै थाहा हुँदैन ।’ राहतका लागि झन्झट छ । राहतको ५–१० हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा २५ देखि ३० हजार खर्च हुनेगरेको उहाँको गुनासो छ ।

गुरुङले भन्नुभयो, ‘पहिलेजस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेकबाट गोठ सार्नुपरेको छ । समयमा हिउँ नपर्दा घाँसको समस्या हुँदैगएको हो ।’ मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दैआएको उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राइले भेडाच्याङ्ग्रा, चौंरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताउनुभयो । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय