LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मुक्तककार प्रतिमा के सि’प्रवासी’द्वारा लिखित ‘प्रवासी मन’ मुक्तक संग्रह विमोचन गरिएको छ । सहिद नारायण पोखरेल रामापुर क्याम्पस साहित्यिक क्लव तथा प्रतिमा–कुमार फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा के। सि।को दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्वीनि प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले मुक्तक विमोचन गर्दै सहित्यले मानिसलाई सत्मार्गमा हिड्न सिकाउने र जतिपनि परिवर्तन आएका छन ति साहित्यकारहरुको रचनात्मक खवरदारीले मात्र आएको वताउनुभयो । साहित्यकार तथा यसै क्याम्पसका पूर्व क्याम्पस प्रमुख यदुलाल पन्थले कृतिको समिक्षा गर्दै समाजिक असमानता, विसङगतिको चित्रण र व्यङय गर्दै जीवनवादी दृष्टिकोण भएको एउटा महाकाव्यकै रुपमा रहेको वताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिकाका उपमेयर बिना राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरे लगायत थुपै्र साहित्यप्रेमि व्यतिmत्वहरुको उपस्थितिमा सम्पन्न भएको छ । क्याम्पस प्रमुख हेमन्त थापाको अध्यक्षता र साहित्य क्लवका अध्यक्ष सुप्रिया अञ्जलिको सञ्चालनमा सम्पन्न कार्यक्रममा विविध विधामा रचना वाचन गरियको थियो । ‘प्रवासी मन’मुक्तक संग्रहभित्र ११सय१२ वटा मुक्तक संग्रहित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय