LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ । हैजाका कारण अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू छन् ।

हरारेको प्रशासनले सहरभर हैजा तीव्र गतिमा फैलिरहेको बताएको छ। यसले सन् २००८ को हैजाका कारण हजारौँ मानिसको ज्यान गएको सम्झना ताजा गरेको छ । ‘हामीले हैजाका कारण आपतकालिन अवस्थाको घोषणा गरेका छौँ,’ स्थानीय मिडियाले मेयर आयन म्याकोनलाई उद्धृत गर्दै भनेको छ।

रेडक्रस अन्तर्राष्ट्रिय महासंघ ९आईएफआरसी० का अनुसार हैजाको प्रकोपपछि अस्पतालहरूमा बिरामीको बढ्दो सङ्ख्यालाई नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरू संघर्ष गरिरहेका छन्। आईएफआरसीले यति धेरै केस ह्यान्डल गर्न स्वास्थ्यकर्मीको अभाव रहेको पनि बताएको छ। जिम्बाब्वे हालका महिनाहरूमा सफा पानीको अभावका कारण घातक हैजासँग लडिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय