LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेस सैनामैना नगर समितिको आयोजनामा शनिवार सैनामैनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीसंग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
त्यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता भण्डारीले नेपाली कांग्रेसलाई वास्तविक कार्यकर्ताहरुको पार्टी बनाउने हो भने गुटलाई बिर्सन आग्रह गर्दै गुटले कांग्रेस र देशलाई भन्दा पनि ब्यक्तिलाई बनाउँछ भन्नुभयो । उहाँले देशको अहिलेको अवस्था बुटवल र चितवनको बाटो जस्तै भएको बताउँदै कांग्रेसका जनप्रतिनिधिले निर्वाचनमा गरेको बाचा अनुसारको काम गर्नुपर्ने अन्यथा काम गर्दिन भन्ने छुट नभएको बताउनुभयो ।

नेता भण्डारीले नेता भन्दा पनि नेताको वरिपरिका मान्छे कस्ता छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउँदै आफ्ना वरिपरिका सल्लाहकारहरूबाट सजक बन्नुपर्नेमा समेत जनप्रतिनिधि र नेताहरुको ध्यानाकर्षण गराउनु भयो । नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले पनि बोल्नुभएको थियो ।
नेपाली कांग्रेस नगर सचिब अर्जुन पौडेलले भेटघाट कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय