LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस सैनामैना नगर समितिको आयोजनामा शनिवार सैनामैनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीसंग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
त्यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता भण्डारीले नेपाली कांग्रेसलाई वास्तविक कार्यकर्ताहरुको पार्टी बनाउने हो भने गुटलाई बिर्सन आग्रह गर्दै गुटले कांग्रेस र देशलाई भन्दा पनि ब्यक्तिलाई बनाउँछ भन्नुभयो । उहाँले देशको अहिलेको अवस्था बुटवल र चितवनको बाटो जस्तै भएको बताउँदै कांग्रेसका जनप्रतिनिधिले निर्वाचनमा गरेको बाचा अनुसारको काम गर्नुपर्ने अन्यथा काम गर्दिन भन्ने छुट नभएको बताउनुभयो ।

नेता भण्डारीले नेता भन्दा पनि नेताको वरिपरिका मान्छे कस्ता छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउँदै आफ्ना वरिपरिका सल्लाहकारहरूबाट सजक बन्नुपर्नेमा समेत जनप्रतिनिधि र नेताहरुको ध्यानाकर्षण गराउनु भयो । नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले पनि बोल्नुभएको थियो ।
नेपाली कांग्रेस नगर सचिब अर्जुन पौडेलले भेटघाट कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय