LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ११ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिको २१ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बनलाई हाम्रो जीवनसंग जोडन जरुरी रहेको बताउँदै वनलाई हाम्रो जीवनसंग जोडन सकिएन भने वन संरक्षणको जति नै कुरा गरेपनि त्यो सार्थक नहुने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा कञ्चन सब डिभिजन वन कार्यालयका अधिकृत चन्द्रबहादुर भाटले बन क्षेत्रभन्दा साढे दुईसय मिटर टाढामात्रै फर्निचर उद्योग राख्न पाउने नियम रहेको स्मरण गराउँदै स्थानीय पालिकाका जनप्रतिनिधिहरुले समेत यस बिषयमा बन कार्यालयहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अवैधरुपमा स मिल र फर्निचर चलेको भए तत्कालै दर्ता प्रकृयामा जान अनुरोध गर्दै अन्यथा कारवाही गर्नुपर्ने अवस्था आउने बताउनु भयो ।

साधारण सभाको अवसरमा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय वन महासंघका केन्द्रिय अध्यक्ष रेणु सेन, संस्थापक अध्यक्ष कलाधर न्यौपाने, सालझण्डी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा, दुग्ध सहकारीको तर्फबाट सालझण्डी दुग्ध सहकारीका अध्यक्ष तिलकराम घिमिरे, संघ संस्थाको तर्फबाट गुणाखर घिमिरे र उपभोक्ताको तर्फबाट महेश शर्मा खरेल लगायतले बोल्नुभएको थियो ।
वनका अध्यक्ष हेमलाल अर्यालको अध्यक्षता तथा उपाध्यक्ष बुद्धि घिमिरेले स्वागत गर्नुभएको साधारण सभाको संचालन सचिव सुशीला अर्यालले गर्नुभएको थियो । त्यसैगरी लेखा प्रतिबेदन संयोजक लेखनाथ भुसालले प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा ७० बर्ष उमेर पुगेका बृद्ध, एकल महिला, अपाङ्ग, अति बिपन्न, दिर्घरोगी र टोल चौकिदारलाई नगर सहित सम्मान गरिएको थियो । त्यसैगरी साधारणसभाकै अवसरमा बनले अक्षयकोषका लागि कोटियादेवी माविलाई १ लाख ५१ हजार रुपैया सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय