LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयाकोष बृद्धि गर्न श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।
आश्रम सञ्चालनको खर्च जुटाउन अक्षयकोषलाई एक करोड पु¥याउन महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालक मैनादेवीले बताउनु भयो ।

हाल अक्षयकोषमा ५२ लाख रुपैयां संकलन भएको तर यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित पाचौं महायज्ञ सञ्चालन गर्न लागेको मैनादेवीले बताउनुभयो ।

१२ जना बालबालिकाको पालनपोषण र शिक्षा दिक्षा सहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयां खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उहाँको भनाई छ ।

आर्थिक स्रोतको अभावमा काम गर्ने कर्मचारी राख्न नसक्दा ६२ वर्षिय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण र शिक्षा दिक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेको बताइएको छ ।
अहिले आश्रममा १२ जना बालक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय