LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ ।
स्थानीयवासीले अस्पताल भवन निर्माणका लागि भनी ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । जग्गादाताहरूमा स्थानीयवासी डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराई लगायत छन् । साउदी सरकारको पुनर्निर्माणको साउदी फन्ड अन्तर्गत ६ करोडको आर्थिक सहयोगमा बन्दै गरेको भवन निर्माणको सम्झौता भ्याली कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको हो । कम्पनीले निर्माणको कामलाई बेवास्ता गरी वर्षौँदेखि अलपत्र पार्दै आएको छ ।
नजिकमा अस्पताल स्थापना गरेमा स्वास्थ्य सेवा सहज होला भनी पसाउँदै गरेको धानबाली नष्ट गरी जग्गा सम्म पार्न भनी डोजर लगाउन दिइयो तर अहिले ४ वर्ष बितिसक्दा समेत भवनको जग स्थापना गर्ने काम समेत पुरा नभएको स्थानीयवासीको गुनासो छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर रामकृष्ण गिरी अस्पताल भवन निर्माणमा भएको ढिलाइबारे भन्नुहुन्छ–“भवन निर्माणमा ढिलाइ व्यवसायीकै कमजोरीका कारण भएको हो । नियमानुसार भवनको डिपीसी निर्माण सम्मको पाउनुपर्ने रकम भुक्तानी लिएर पनि काममा ढिलाइ भइरहेको छ । यस कार्यालयमा आएर काम थालेको भर्खरै मात्रै भएको हुँदा पनि मैले धेरै कुरा बुझ्न बाँकी छ । हामी छिटै नै फिल्डमै गएर बुझ्दै छौँ ।”
निर्माण व्यवसायी रमेश पौवालेले निर्माण कार्यमा ढिलाइबारे भन्नुभयो–“जग्गा सम्म बनाउन समय लागेको कारण ढिलाइ भएको हो । बिचमा निर्माण व्यवसायीको जिम्मेवारी परिवर्तनले पनि कामलाई अगाडि लैजान सकिएन । निर्माणको म्याद थप भएको छ । आगामी चैत भित्र निर्माण सम्पन्न हुन्छ ।”
भवन निर्माणका लागि तोकिएको १७ महिनाको अवधिमा निर्माण पुरा नगरी ४ वर्ष बिताउने निर्माण व्यवसायीको भनाइमा भने स्थानीयवासीको विश्वास छैन । वडा २ का पूर्व अध्यक्ष ओम कुँवर भन्नुहुन्छ–“निर्माण व्यवसायीले मुखले काम गर्छु भन्ने तर व्यवहारमा नगर्ने देखिएको छ । दुर्गम क्षेत्रमा अस्पताल निर्माणको काम छिटो सम्पन्न हुने हो भने स्वास्थ्य सेवाको अभावमा बसाइसराई गरी बाहिर जाने मानिसको सङ्ख्यामा कमी हुने थियो । गाउँलेलाई स्वास्थ्य सेवा सहज हुने थियो ।”
सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखराका अनुसार भ्याली कन्स्ट्रक्सन कम्पनीले स्याङ्जा आरु चौरमा आयुर्वेदिक अस्पताल र सेती दोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता समेत गरी करिब १९ करोडको प्याकेजमा निर्माण सम्झौता गरेको हो । स्थानीयवासीले आफूले अस्पताल भवन निर्माण गर्न भनी निःशुल्क जग्गा दान दिँदा पनि सरोकारवाला पक्षको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न नसकेको भनी गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय