LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

गुल्मी, पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेनी विश्वविराट शालिग्रामले प्रसिद्ध धार्मिक स्थल हो। पर्वतको विहादी गाउँपालिकाबाट शालिग्रामको दर्शन गर्न एक दम्पत्ति बच्चा सहित आए। स्नान गर्ने क्रममा बच्चा चिप्लीएर कालीगण्डकी नदिले बगाउँदै लग्यो। बच्चालाई बचाउन आमा नदिमा हाम फालिन।

उनिहरुलाई बचाउन बाबु पनि हाम्फाले । तिनै जना बग्दै गए । पछि स्टेम्वरले उनिहरुले उद्धार गर्ने क्रममा बाबुलाई निकाल्यो । बच्चालाई पनि तत्कालन निकालेर अस्पताल लगेर बचाउन सकियो । तर आमा तलैसम्म बग्दै गएको हुँदा मृत प्राय अवस्थामा फेला परिन । अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भयो । विगत २२ वर्षदेखि यस स्थानमा पूजा गर्दै आएका पण्डितले यहाँको अवस्था बारे गुनासो पोख्दै उदाहरण स्वरुप यसरी एक घटना सुनाए । “अवस्था यस्तो छ, यसप्रति कुनै तहको सरकारले गम्भीरतापुर्वक लिएन ।”(उनले भने ।

 

भक्तालुजनका लागि एउटा सुरक्षितर र व्यवस्थित स्नानस्थल समेत निर्मण नभएको यहाँ सरकारीतौरबाट विश्व विराट शालिग्राम रहेको सेतीवेनीको संरक्षण हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् । कालीगण्डकी नदि किनारमा अवस्थित विश्व विराट शालिग्राम र सिंगो सेतीवेनी बजार समेत अहिले बाढीको उच्च जोखिममा पर्दै आएको छ ।

 

No photo description available.

हरेक वर्षको वर्षायाममा कालीगण्डकी नदि र पूर्व तर्फबाट बगेर आउने सेती खोलाको बाढिले उच्च जोखिमा पार्दै आए पनि सरकारीतौरबाट वेवास्ता हुँदै आएको गल्याङ्ग नगरपालिका(५ सेतीवेनीका समाज सेवी प्रेमबहादुर अर्यालले गुनासो गरे । उनले भने, “विश्व विराट शालिग्राम समेत जोखिममा छन् । यहाँ मिडीया आउँछन , नेता र जनप्रतिनिधी पनि आउछन र गुनासो गर्छौ तर कसैले सुनेनन् ।” यस क्षेत्रमा एक डेढ दशकसम्म ब्यापारिक चहल पनि निकै थियो । स्याङ्गजा तर्फ लोकमार्ग र गुल्मीतर्फ कालीगण्डकी कोरिडोर सडक संचालनमा आएपछि सेतीवेनी बजारको ब्यार पनि सुक्न थालेको उनी बताउँछन् ।

“पहिला पहिला विदेशी पर्यटकहरुको समेत निकै घुँईचो लाग्थ्यो । अहिले पनि विश्वकै विराट शालिग्राम छ भनेर विदेशी पर्यटकहरु आउँछन ।”(उनले भने । सञ्चार माध्यमबाट प्रचार प्रसार पनि कम हुँदै गएपछि विदेशी पर्यटकहरुको संख्य घट्नुको मुख्य कारण रहेको उनको बुझाई छ । त्यहाँका पुराना ब्यापारिहरु मानबहादुर अर्याल र होटल ब्यवसायी भक्तीप्रसाद शेरचन निकै चर्चित रहेको उनी स्मरण गर्छन् ।

शालिग्रामको दर्शन गर्नुअघि कालीगण्डकी नदि किनारमा स्नान गर्ने गर्दछन। भक्तजनले  जसलाई सरकारी निकायले सुरक्षित स्नान स्थल बनाउन पहल नर्गदा बेला बेलामा अप्रीय घटनाहरु घट्ने गरेको शालिग्राम धामका पण्डित हरिपराजुली बताउछन् । गत २२ वर्षदेखि यहाँ पूजापाठ गर्दैै आएका पण्डित पराजुलीका अनुसार कालीगण्डकी नदि र सेतीखोलाको काँखमा अवस्थित विश्व विराट शालिग्रामलाई भगवान शिवजीका प्राकृतिक अवतार मानिन्छ ।

 

पौराणिक कथामा उल्लेख भए अनुसार परापुर्वकालमा तपश्या गर्न बसेका तपस्वीहरुले रातको समयमा आफै शंख बजेको र गाई कराएको सुनेपछि विश्व विराट शालिग्रमाको महिमा बढेको थियो । त्यस यता हिन्दु धर्मावलम्वीहरु ध्यान गर्न आउने गरेका छन् । देशकै एउटा यस्तो महत्वपूर्ण धार्मिक थलोलाई गुल्मी तर्फको कालीगण्डकी गाउँपालिका, स्याङ्गजाको गल्याङ्ग नगरपालिका र पर्वतको विहादी गाउँपालिकाका जनप्रतिनिधीहरु संयुक्त रुपमा संरक्षण र प्रचार प्रसारमा पहल गर्न चुकेको देखिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय