LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैनामा मंसिर ६ गते बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।
सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा हुने महोत्सव मंसिर १७ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवको तयारी तीब्रगतिमा भैरहेको महोत्सव आयोजक सैनामैना उद्योग बाणिज्य संघले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने बताउनु भयो ।
उहाँले सैनामैना पुरातात्विक क्षेत्रको ऐतिहासिक स्थल पनि भएकोले महोत्सवबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विगतको भन्दा यसपटकको महोत्सवलाई नयाँ र फरकपन दिने बताउनुभयो ।

यसैगरी संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनु भयो ।
महासचिव अधिकारीका अनुसार महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण गर्न मद्दत पुग्नुका साथैै स्थानीय उत्पादन र कृषिको प्रदर्शनी गरिने छ ।
उहाँले विगतको भन्दा यसपटक फरक तरिकाले महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो ।
संघका कोषाध्यक्ष नारायण पन्तले त्यस्तै महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावना बारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने बताउनु भयो । उहाँले महोत्सवले सैनामैनाकै संस्कृति र पहिचान झल्काउने भएकोले महोत्सवलाई सफल बनाउन सवै सैनामैनाबासीहरुसंग आग्रह गर्नुभयो ।

महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, डान्सिङ आइडल, मम्मी डान्स प्रतियोगिता पनि रहने छन् ।
त्यसैगरी भजन प्रतियोगितासँगै लोकदोहोरी र ¥याप गीत प्रतियोगिता पनि महोत्सवको आकर्षण हुने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताउनु भयो ।
महोत्सवको साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन ।
महोत्सवमा सर्बसाधारणको लागि ८० रुपैया र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका, असहायको लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव स्थलमा अहिले मञ्च निर्माण, स्टल व्यवस्थापन लगायतका काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय