LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

फिफा विश्वकप फुटवल २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा मंगलवार साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टिमले पहिलो खेलमा प्रतिस्पर्धा गर्दा हार बेहोरेका थिए । अघिल्लो साता नेपालमाथि युएईले ४–० को जित निकाल्दा यमनले बहराइनसँग २–० को हार बेहोरेको थियो।

मंगलबार साँझ ७ बजे दशरथ रंगशालामा हुने खेलमा अंकका लागि खेल्ने नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताएका छन ।

अर्को चरण प्रवेशका लागि मंगलबारको खेल महत्वपूर्ण हुने उनको भनाइ छ ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३ औं स्थानमा छ ।

नेपालमा हुने खेलका लागि सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई कमर्सियल र मिडिया राइट्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ । दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ । चार टिममध्ये शीर्ष दुई टिम

एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय