LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

फिफा विश्वकप फुटवल २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा मंगलवार साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टिमले पहिलो खेलमा प्रतिस्पर्धा गर्दा हार बेहोरेका थिए । अघिल्लो साता नेपालमाथि युएईले ४–० को जित निकाल्दा यमनले बहराइनसँग २–० को हार बेहोरेको थियो।

मंगलबार साँझ ७ बजे दशरथ रंगशालामा हुने खेलमा अंकका लागि खेल्ने नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताएका छन ।

अर्को चरण प्रवेशका लागि मंगलबारको खेल महत्वपूर्ण हुने उनको भनाइ छ ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३ औं स्थानमा छ ।

नेपालमा हुने खेलका लागि सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई कमर्सियल र मिडिया राइट्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ । दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ । चार टिममध्ये शीर्ष दुई टिम

एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय