LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

राजाबादी ठानिएका दुर्गा प्रसाईको समूह र नेकपा एमाले निकट युवासंघबीच मंसिर ७ गते हुने भनिएको संभावित भिडन्तको अवस्थालाई प्रशासनले टारेको दावी गरेको छ ।

मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दैछन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेपछि दुई समूहबीचको संभावत भिडन्त टरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको समन्वयमा दुर्गा प्रसाईंले बल्खुमा र युवासंघले तीनकुनेमा कार्यक्रम गर्न राजी भएसँगै सम्भावित ‘मुठभेट’ टरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रसाईंले लघुवित्त र सहकारी पीडितहरूको साथ लिएर प्रदर्शन गर्दैछन् । पूर्व राजा र अन्य अदृश्य शक्तिकेन्द्रले पनि प्रसाईंलाई साथ दिएको एक जना उच्च सुरक्षा अधिकारीले बताएका छन ।

विभिन्न २८ वटा समूह र संस्थाहरूले दुर्गा प्रसाईंको कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।
प्रसाईंले कार्यक्रम व्यवस्थापन गर्न ८६ जना संयोजक तोकेका छन् । यातायात व्यवस्थापन र सर्वसाधारणलाई काठमाडौँमा उतार्ने गरी फरक जिम्मेवारी सहितका संयोजक तोकिएका हुन् ।

गृह प्रशासनले प्रसाईंले गर्न लागेको प्रदर्शनलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको छ । उपत्यका बाहिरबाट प्रसाईंले ५ हजार मानिस काठमाडौँमा ल्याउने गृह प्रशासनको आकलन छ । तर, दुर्गा प्रसाईंले विदेशमा रहेका

नेपालीहरू मध्येबाट मात्रै करिब २७ हजारले आफ्नो प्रदर्शनमा सहभागी जनाउन लागेको दाबी गरेका छन ।

उता युवासंघले तीनकुनेमा गर्ने प्रदर्शनमा करिब २० हजार मानिस भेला हुने सुरक्षा निकायको आँकलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय