LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनमा १० हजार कार्यकर्ताका उतार्ने भएको छ ।

दुई दिने सम्मेलनको लागि ९ मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्द सत्र गर्ने कार्ययोजना रहेको कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।

जसका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता गुल्मी आउँदैछन् । सम्मेलनमा गुल्मी कांग्रेसले १० हजार कार्यकर्ता तम्घासमा उतार्न पालिकागत कार्ययोजना निर्माण गरेको छ ।

देशभर गणतन्त्र विरोधी गतिविधि बढिरहेका बेला १० हजार कार्यकर्तासहित केन्द्रीय सभापति देउवासहित नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी, चन्द्र केसीसहितका शीर्ष नेताहरू गुल्मी आउने भएपछि सम्मेलनलाई देशभरबाट चासोको रुपमा हेरिएको छ ।

जिल्ला कार्यसमितिको १४ कात्तिकको पूर्ण बैठकको निर्णय अनुसार सम्मेलन आयोजना गरेर व्यवस्थापनको लागि विभिन्न उपसमितिमार्फत काम भइरहेको खड्काले बताउनुभयो ।

कार्यकर्ताहरूमा उत्साह थप्न बृहत् सभाको आयोजना गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभयो । उहाँले समग्र कांग्रेस कार्यकर्ताका लागि ९ मंसिरको सम्मेलन ऐतिहासिक हुने दावी समेत गर्नुभयो ।

सम्मेलनमा जिल्लाभरका एक हजार सात सय ४६ क्षेत्रीय प्रतिनिधिले बन्दसत्रमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय