LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले त्रिवि अन्तरगत बिबिएस चौथो वर्ष २०८० को परीक्षामा नेपालभरीमै द्वितीय नतीजा हासिल गरेको दावी गरेको छ ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी संगीता मरासिनीले त्रिवि अन्तरगतको बिबिएस चौंथो वर्षको परिक्षामा ८५ दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल द्वितीय भएको कलेजले दावी गरेको हो । २०६५ सालबाट संचालित बार्षिक प्रोग्रामहरु बिबिएस र बिएडका प्रोग्रामहरुमा उत्कृष्ट नतीजा ल्याएको अक्सफोर्डले २०८० सालको त्रिवि अन्तरगतको बिबिएस चौथो वर्षको परीक्षामा पनि उत्कृष्टता हासिल गरेको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए ।

उनले ब्यावहारीक ज्ञानमुलक, सीपमुलक र समयापेक्ष तथा अभिभावकहरुको चाहनाअनुसार २०७५ सालबाट त्रिविअन्तरगतकै बिएचएम र बिआइएमका प्रोग्रामहरुमा पनि नेपाल प्रथम र प्रदेश प्रथमका उत्कृष्ट नतीजा हासिल गरेको बताए ।

कलेज प्रमुख मरासिनीका अनुसार हालै प्रकाशित त्रिवि अन्तरगतकै २०८० को बिविएस चौथो वर्षको नतीजामा कुल ९४ दशमलव ६ प्रतिशत सहित १६ जना विशिष्ट श्रेणीमा उतिर्ण भएका छन् ।

बिबिएस, बिएड, बिएचएम र बिआईएम संकाय अध्यायन गराउदै आएको अक्सफोर्डले २०७९ को बिएचएमको तेस्रो सेमेस्टरको परिक्षामा विद्यार्थी लक्ष्मण थापाले ३ दशमलव ९६ जिपिए ल्याएर नेपाल प्रथम बनेको कलेजका विभागिय प्रमुख बिष्णु बस्यालले जानकारी दिए । स्थापना कालदेखिनै अक्सफोर्डले उत्कृष्ट अंक ल्याउदै गरेको उल्लेख गर्दै उहाँले कलेजका बिभिन्न संकायमा एक हजार दुई सय ५३ विद्यार्थी अध्ययनरत रहेको बताए् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय