LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको नेपाल र यमनबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालले दुबै गोल खाएको थियो । निर्धारित समयको ७२औँ मिनेटमा यमनका खेलाडी ओमर अल दाहीले नेपालको पोष्टमा उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालले दोस्रो गोल खाएको थियो । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाह अल दाहीले गरेका थिए । विश्व फुटबल महासंघ ९फिफा० को पछिल्लो वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा रहेका छन् । यो प्रतियोगिता विश्वकप छनोटसँगै सन् २०१७ मा आयोजना हुने एएफसी एसियन कपका लागि दोस्रो चरणको छनोट पनि हो ।

सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपाली टोली समूह ‘एच’ मा परेको छ । उक्त समूहमा नेपाल र यमनसँगै संयुक्त अरब इमिरेट्स ९यूएई० र बहराइन पनि रहेका छन् ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली यूएईसँग ०—४ गोलले पराजित भएको थियो । उक्त खेल यूएईको घरेलु मैदानमा खेलिएको थियो । घरेलु मैदानमा भने नेपालले यमनसँग पहिलो खेल खेलेको हो । समूह ‘एच’ मा एक खेल खेलेको यूएई तीन अंकसहित पहिलो, एक खेल खेलेको बहराइन तीन अंकसहित दोस्रो, दुई खेल खेलेको यमन तीन अंकसहित तेस्रो र दुबै खेलमा पराजित भएको नेपाल शून्य अंकसहित चौथो स्थानमा आसिन छन् ।

दोस्रो चरणको छनोट खेलमा सहभागी ३६ टोलीलाई नौवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार—चारवटा टोली रहेका छन् । प्रत्येक समूहमा रहेका टोलीले एकअर्कासँग ‘होम’ एन्ड ‘अवे’ का आधारमा एक(एक खेल खेल्नेछन् ।

त्यसपछि प्रत्येक समूहको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय