LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ ।अभियानकै क्रममा रुपन्देहीको कञ्चन गाउँपालिकामा समेत शनिवारदेखि हिंसाविरुद्धको अभियान सुरु भएको छ ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगर , वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलगायतले म हिंसा गर्दिन, हिंसा सहदिँन, हिंसाविरुद्धमा आवाज उठाउँछु, हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु भन्ने ब्यानरमा हस्ताक्षर गर्नुभयो ।


त्यस अवसरमा बोल्दै पालिका अध्यक्ष नवराज ढकालले महिला हिंसा समाजका विभिन्न स्थानमा भैरहेको र हिंसा समेत विभिन्न प्रकृतिका भएकोले त्यसको अन्त्यका लागि सवैको ऐक्यबद्धता जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले कञ्चन गाउँपालिकालाई महिला हिंसा अन्त्य पालिका घोषणा गर्न सवैको सहयोग भयो भने त्यो संभव रहेकोले महिला हिंसा नियन्त्रणमा सवै एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।


त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभै सवै समयमा नै महिला हिंसा नियन्त्तणमा सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा कञ्चन गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले महिला हिंसा विरुद्धको अभियानलाई सफल बनाउनु पर्नेमा जोड दिदै खासगरि महिला दिदी बहिनीहरुले अभियानलाई सफल बनाउन बढी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रबक्ता चित्र तुलाचनले महिलाहरुको अधिकार सुनिश्चत गर्न सबै तहका सरकारले मुख्य भुमकिा खेल्नुपर्ने बताउदै १६दनिे अभियान गाउँका प्रत्येक टोल टोलमा पुुग्नुपर्ने बताउनुभयो ।कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारुले स्वागत गर्नुभएको थियो भने सहायक महिला विकास निरिक्षक राधा भट्टराई आचार्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय