LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन गरिएको हो ।
कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाईने र गरेमा कारवाहीमात्र होइन समाजमै बदनाम हुने अवस्था आउने लगायतका बिषयमा समुदायलाई सचेत बनाउने गरि सडक नाटक प्रदर्शन गरेका थिए ।


त्यसैगरी विद्यार्थीले लागू औषध सेवन गर्दाको परिणाम, बालविवाह गर्दा हुने दिर्घकालीन स्वास्थ्य असर, बहुबिबाह गर्दा कानुनी दण्डको ब्यवस्था र जरिवाना लगायतका बिषयमा मूख्य कलाकार शूरबीर पण्डित लगायतका कलाकारले नाटकमार्फत सन्देश दिएका छन । सडक नाटककै अवसरमा मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समय परिस्थति अनुसार हामीले गर्न हुने र नहुने बिषयमा सडक नाटकमार्फत सिकेको बताउँदै सडक नाटकबाट पाएको शिक्षा घर ब्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।

उहाँले सवै प्रकारका हिंसाबाट कञ्चन गाउँपालिकालाई मुक्त गर्ने अभियानमा कञ्चनमा बसोबास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र नागरिक सवैको साझा दायित्व भएको सम्झाउनु भयो ।‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको हो । त्यस अवसरमा कञ्चन गाउँपालिकामा विभिन्न सडक नाटक प्रदर्शन भएको हो । कार्यक्रममा उपाध्यक्ष मौसमि थापा मगर ,प्रमुख प्रशासकिय अधिकृत सागर गौतम लगायतले बोल्नुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय