LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन मंगलरबार भैरहवाको पटवा बैंक्वेटमा हुदैछ । कार्यक्रमलाई कांग्रेस केन्द्रिय सभापति शेर बहादुर देउवा संगै अन्य केन्द्रिय नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले ३ हजार ४५ जना प्रतिनिधि एवम अन्य शुभचिन्तकहरुको सहभागीता रहने जनाउनुभयो । सम्मेलनले अहिले कांग्रेसमा रहेको गुटको राजनितिलाई न्यूनिकरण गर्ने खाँणले बताउनुभयो ।

लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुको जिल्ला सम्मेलन पछि यहि मंसिर १६ र १७ गते बुटवलमा प्रदेश सम्मेलन गर्ने तयारी रहेको जिल्ला सभापति खाँणले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय अब्दुल रज्जाक र भरत कुमार शाहले नेपाली कांग्रेस स्पष्ट रुपमा संघियताको पक्षमा रहेको बताउनुभयो ।

उहाहरुले सम्मेलनले संघियताको बिषयमा कांग्रेसलाई थप स्पष्ट पार्ने बताउनुभयो । यस्तै कांग्रेस ठूलो पार्टी भएतापनि यसलाई अझै गतिशिल बनाउन, अझै क्रियाशिल बनाई कार्यकर्ताको मनोबललाई बढाउन सम्मेलन सहयोगी हुने उहाहरुले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय