LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १८ गतेसम्म मेला संचालन हुन लागेको हो ।

आयोजकले बुधबार मेला स्थलमा पत्रकार सम्मेलनको तयारी गरी मेलाको तयारी अन्तिम चरण पुगिसकेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले यो पटक मेला विगतको भन्दा फरक तरिकाले संचालन हुने बताए । साथै मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य रहेको संयोजक घिमिरेले जानकारी दिए ।

यस पटको एक्स्पोमा ५०० भन्दा बढी स्टलहरु रहने र अधिकांश स्टल बुक भइसकेको संयोजक घिमिरेले बताए । मेलामा गौतमबुृद्धकाृ जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने उनले बताए ।

कोरोना पछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता भएको बताउँर्दै उनले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । मेलालाई सफल बताउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति, विभिन्न विषयका ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिले आवश्यक तयारीका काम गरिहेको प्रचारप्रसार संयोजक र्फसुराम पन्थले बताए ।

साथै मेलाको अवलोकनका लागि ६० रुपैयाँ टिकटदर निर्धारण गरिएको उनले बताए । साथै सोहुलियत दरमा टिकटदर ५० रुपैयाँ कामय गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय