LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

गुल्मीको मदाने गाउँपालिकामा ८४ वर्षीया वृद्धाले आफ्नो श्रीमानको काज किरिया घरभित्र गर्न नपाएपछि सार्वजनिक भवनमा आश्रय लिएर बसेकी छन् । मदाने–६ पुर्कोटदह साउनेपानीकी पवि खत्रीले जातीय विभेदका कारण श्रीमानको काजक्रिया सार्वजनिक भवनमा गर्नुपरेको हो ।

मगर समुदायकी पविले २०२८ सालमा स्थानीय तुलबहादुर खत्रीसँग विवाह गरेकी थिइन् । तुलबहादुरले पविसँगै अन्य २ श्रीमति विवाह गरेका थिए । सौतेला छोराहरुले पविलाई जातीय कारण देखाउँदै घरमा पस्न नदिएपछि श्रीमानको मृत्युमा समेत घरबाहिरै काजक्रिया गर्नु परेको हो । यहि मंसिर १० गते तुलबहादुरको मृत्यु भयो । श्रीमानको मृत्युपश्चता पविले घरमै काजक्रिया गर्न पाउनु पर्ने मागसहित पालिकाको न्यायिक समितिमा निवेदन समेत पुग्यो । न्यायिक समितिले पविको पक्षमा निर्णय गरेर पठायो र तर परिवारले भने उक्त निर्णयलाई अवस्विकारा गर्यो ।

पविको परिवार कानूनलाई जाने बुझेकै छन् । एउटा छोरा हुलाक कार्यालयको हाकिम हुन भने नाती मदाने गाउँपालिकामै शव ईन्जिनीयर पदमा कार्यरत छन् । सार्वजनिक पद धारण गरेकै व्यक्तिले ५२ वषअघि भएको विवाह सम्बन्धलाई रिस साधेर जातीय विभेद गर्दा पवि अहिले घर न घाटको भएकी छन् ।

२०२७ साल अघिसम्म पवि पुन एक मगर समुदायकै पुरुषसँग विवाह बन्धन्मा थिइन् । ती पुरुषको मृत्युपछि विधवा बनेकी पविलाई पिताम्बरले स्वीकार गर्दै २०२८ सालमा एक छोरीलाई समेत जन्म दिएका थिए । उनीहरुको सन्तान नन्दा कुमारी पनि अहिले ५२ वर्षकी भइन् । पिताम्बरले आफू ज्युदो हुँदासम्म कुनै विभेद नगरी श्रीमति पवि र छोरी नन्दीलाई नागरिकता प्रदान गरेका थिए ।

तिन श्रीमति मध्ये जेठी श्रीमति तर्फका छोरा लोकबहादुर खत्रीले पवि खत्रीलाई कान्छि आमा अस्वीकार गर्दै घरमा काजकिरिया गर्न नदिएपछि गाउँका महिलाहरु जुटेर त्यहाँस्थित सार्वाजानिक स्थान अमरदिप बहुउद्देश्यीय कृषि सहकारी संस्थामा राखेर काजकिरिया गराएका हुन् । तुलबहादुरका छोरा लोकबहादुर खत्री ईलाका हुलाक कार्यालय पुर्कोटदहका प्रमुख हुन । उनका छोरा दिपक खत्री मदाने गाउँपालिकाका शव ईन्जिनियर हुन ।

सो वडाका अध्यक्ष मनिराम थापा र महिला नेतृ बिष्णु कुँवरले यी आमा छोरीहरुमाथि ठूलो अन्याय भएको बताउँदै सम्बद्ध सबै निकायको ध्यानकृष्ट गराए । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर त्यहाँका पुराना समाज सेवी हुन् । तुलबहादुर पवि बिचको सम्बन्ध नजिकैबाट बुझेका उनले नागरिकता सबुद प्रमाणका आधारमा पवि तुलबहादुर कै कान्छि श्रीमति भएको बताउँछन् । घरमै काजकिरिया गर्न दिनु पर्ने न्यायिक समितिको निर्णयसहित आफूहरुले समेत आग्रह गर्दा उनको परिवारले अटेरी गरेको उल्लेख गरे । लोकबहादुर खत्री जस्ता सरकारी कर्मचारीहरु स्वयमले नै विवेक पुराएर स्थानीय स्तरमै पवि खत्री र उनको छोरीलाई न्याय दिने तर्फ लाग्नु नै उचित हुने त्यस पालिकाका जनप्रतिनिधीहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय