LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जयकिसान कृषि समूहको दोश्रो बार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उदघाटन सार्वजनिक लेखा समितिका निवर्तमान सभापति तथा रुपन्देही क्षेत्र नं. ५ का निबर्तमान सांसद भरतकुमार शाहले गर्नुभयो ।
साधारण सभाको उदघाटन गर्दै पूर्व सभापति शाहले यस क्षेत्रका जनताले आफूलाई धेरैपटक चुनाव जिताउनु भएको र आफ्नै पहलमा धेरै विकास निर्माणका काम सम्पन्न गरेको बताउनु भयो । उहाँले अझै तीब्र गतिमा काम गर्ने इच्छा हुँदाहुँदै नतिजा अर्को आउँदा यस क्षेत्रको विकासमा केही समस्या आएको बताउँदै अव आफूले लिनुपर्ने केही नरहेको र जनतालाई दिने मात्रै काम बाँकी रहेकोले यसै क्षेत्रको विकासका लागि आफू सदैब जनताकै वरिपरी रहने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले लालपुर्जाको राजस्व बढी भएकोमा जनताको गुनासो आएको र यो स्वाभाविक पनि रहेको बताउँदै आफूहरुले राजस्व कम गर्न पहल गरिरहेको बताउँदै सरकारले घटाउने आश्वासन दिएकोले राजस्व घटने विश्वास ब्यक्त गर्दै निर्वाचनबाट आएको परिणामले आत्तिनु नपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले हामीले गर्ब गर्ने लायक एउटै शब्द र कुरा किसान हो भन्दै हामीले किसानी गर्छौं कि गर्दैनौं, हामीले आफ्नो बारी बाँझो राखेका छौं कि खेती गरेका छांै भन्ने कुरा अव हामी सवैले गंभीर भएर सोच्ने बेला आएको बताउनु भयो ।

कार्यक्रममा मासु ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष चुरामणि घिमिरे, टोल विकास संस्थाका अध्यक्ष प्रेरणा चन्द मल्ल, लक्ष्मी सापकोटा लगायतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष हिमलाल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चुरामणि भुसालले गर्नुभएको थियो ।
यसैगरी अधिवेशनले पुनः हिमलाल अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा भुमिलाल सापकोटा, सचिवमा अशोक भुसाल, कोषाध्यक्ष प्रेरणाचन्द मल्ल, सहसचिव परशुराम चौधरी र सदस्यहरुमा मोहन विक, लोकमणि भुसाल, बिना थारु, बिष्णु ज्ञवाली, उमा थापा मगर र बिष्णु घिमिरे हुनुहुन्छ ।
त्यसैगरि लेखा समितिको संयोजकमा चुरामणि घिमिरे चयन हुनुभएको छ भने सदस्यहरुमा पवन पोखरेल, हरिप्रसाद पौडेल र भुमिलाल सापकोटा रहनुभएको छ ।
ऋण समितिको संयोजकमा भूमिलाल सापकोटा र सदस्यमा कमलराज गौतम र गोरखराज बानियाँ चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय