LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तानसेनको बतासेडाँडाको ‘श्रीनगर सांस्कृतिक डबली’ चिटिक्क बनेको छ । तानसेन नगरपालिकाले डबलीको सरसफाइ गरेपछि डबलीको मुहार फेरिएको हो ।

स्थानीय जाति, समुदायको मौलिक सांस्कृतिक प्रदर्शन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सांस्कृतिक डबली (खुल्ला नाचघर) को निर्माण गरिएको थियो ।

सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको निर्माण भएको छ ।
सांस्कृतिक डबलीभित्र बसेर पाँचसय जना मानिसले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाभित्र भित्रिने आन्तरिक तथा बाह्य मुलुकका पर्यटकलाई लक्षित गरेर सांस्कृतिक डबलीको निर्माण गरिएको भए पनि उचित संरक्षण नहुँदा डबलीमा झार उम्रिएको थियो । डबली सञ्चालनले जिल्लाभित्र पर्यटक आकर्षित गर्न सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो ।

कार्कीले भन्नुभयो– “सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा बृद्धि हुने र आन्तरिक रोजगारी समेत बढ्ने अपेक्षा गरिएको छ ।
सांस्कृतिक डबलीभित्र लोप हुँदैगएका जातजातिको नाचको प्रदर्शन गर्न सके परम्परागत संस्कृतिको संरक्षण हुने र त्यसबाट जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय