LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तनहुँको देवघाट गाउँपालिकाले सोमबार सार्वजानिक बिदा दिएको छ।
बालाचतुर्दशीका दिन विभिन्न स्थानबाट हजारौं तीर्थयात्री भक्तजन देवघाटधाममा शतवीज छर्न आउने हुँदा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले आईतबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

देवघाट क्षेत्रभित्रका सरकारी कार्यालय (अत्यावश्य सेवा बाहेक), सार्वजनिक सङ्घ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो।
गाउँ कार्यपालिकाले मङ्सिर १० गते नै बिदा दिने निर्णय गरेबमोजिम सोमबार बिदा दिइएको उहाँले जानकारी दिनुभयो।

बालाचतुर्दशीमा देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गर्दछन्।

यसैगरी म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ।

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।
मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो।

उहाँका अनुसार, पर्वको अवसरमा हुने शतबीज छर्ने मेलालाई व्यवस्थित बनाउन कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मूल र अन्य उपसमिति गठन गरिएको हो। यस वर्षको बालाचतुर्दशी मङ्सिर २५ गते सोमबार परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय