LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनी चोकमा रहेको प्रहरी बिटको सोमबार एक कार्यक्रमबीच उदघाटन भएको छ ।
प्रहरी बिटको उदघाटन नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक तथा लुम्बिनी प्रदेश प्रमुख उमेशराज जोशीले एक कार्यक्रमबीच गर्नुभयो ।
उदघाटन मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथी प्रहरी नायव महानिरिक्षक उमेशराज जोशीले प्रहरी बीटको स्थापनाले यस क्षेत्रका जनताले शान्ति सुरक्षा तथा अमन चयनको महसुस गर्ने बताउनु भयो । उहाँले प्रहरी बीट स्थापना हुनु भनेको यस क्षेत्रका प्रहरी तथा जनताको सम्पत्ति बढेको छ भने नेपाल प्रहरीले आफ्नै भवनमा रहेर सेवा प्रवाह गर्ने छ भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले दुधराक्ष युवा क्लव र यस क्षेत्रका स्थानीय जनताको आग्रह र अग्रसरतामा प्रहरी बीट स्थापना गरिएको बताउँदै नगरपालिकाले समेत प्रहरी बीट स्थापनामा सहयोग गरेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर विकको स्वागत तथा इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक अनिल पण्डितको संचालनमा भएको उदघाटन समारोहमा सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्की, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर कुँवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र दुधराक्ष युवा क्लवका सल्लाहकार प्रेम थापा, लगायतले बोल्दै सैनामैनाको कलौनीमा प्रहरी बीट स्थापना हुनुले यस क्षेत्रका स्थानीय वासिन्दाले शान्तिको महसुस गर्न पाउने बताउँदै बीट स्थापना गर्न सहयोग गर्नेहरुप्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
नेपाल सरकारको साढे ५ लाख र प्रदेश सरकारको ५ लाख तथा सैनामैना नगरपालिका, दुधराक्ष युवा क्लब लगायत स्थानीयो सहयोगमा प्रहरी बीट निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय