LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सार्वजनिक लेखा समितिका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार साहले सैनामैना ११ को बिचौवापुर र कञ्चन १ दानापुर ताल जोडने पुलको निरिक्षण गर्नुभएको छ ।
स्थानीयले पुलको पहुँच मार्ग सानो भएको गुनासो गरेपछि पूर्व सभापति साहले आईतवार पुलको अनुगमन गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै निवर्तमान सभापति साहले पुल निर्माण सम्पन्न भैसकेकोले अव पु्लको बाटो हुँदै आवतजावत गर्ने पहुँच मार्गलाई बढाउनु पर्ने बताउनु भयो । उहाँले त्यसमा आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले विगतमा धेरै संघर्ष गरेर पुलको बजेट परेको बताउँदै अव फेरी स्थानीय जनताको माग अनुसार पुलको पहुँच मार्ग बढाउन आफूले प्रयास गर्ने बताउनु भयो । उहाँले पुल संचालनले यस क्षेत्रको समग्र विकास हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

गत बर्ष पूर्व सभापति साहले नै पुलको शिलान्यास गर्नुभएको थियो । पुल निर्माण सम्पन्न भैसकेको छ भने अव छिटै उदघाटन तयारी भैरहेको छ । सिंगल स्पान भएको उक्त पुलमा बिचमा कुनैपनि पिल्लर छैन । साहले विगतमा यो पुल बनाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो ।
यो पुलले सैनामैनाको वडा नं. ११ र कञ्चन गाउँपालिकाको वडा नंं १ दानापुरलाई जोडने छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीयले निकै सुविधा पाएका छन । पुलको उदघाटन भने पछि हुने बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय