LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा रहेको सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडेको १५ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभयो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल दुई हजार ६ सय आठजना सेयर सदस्य रहेका छन । साधारण सभाको उदघाटन मन्तब्य ब्यक्त गर्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले सप्तऋषि सहकारीले सेयर सदस्यहरुको मन जितेर नै उन्नती गर्दै गएको बताउँदै सहकारीले सवै सेयर सदस्यहरुको विश्वास जितेर यतिधेरै संख्यामा सेयर सदस्यहरु बनाउन सफल भएको बताउनु भयो । उहाँले सहकारीले आम सर्वसाधारणको विश्वास जित्न जरुरी रहेकोमा जोड दिदै सवैको विश्वास जितेरै सहकारीलाई अघि बढाउन अव सहकारीले ठोस नीति बनाउनु जरुरी छ भन्नुभयो ।

कार्यक्रममा रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडकाका अध्यक्ष बसन्तप्रसाद ढकालले सप्तऋषि सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउने प्रयास गरेको आफूले पाएको बताउँदै आगामी दिनमा सहकारीको प्रगतिसंगै उद्यमशीलतातर्फ अझै अघि बढोस भन्ने शुभकामना दिनुभयो ।

त्यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सैनामैना नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले सप्तऋषि बचत तथा ऋण सहकारी सहकारीको ऐन, नियम र कानुन अनुसारको लयमा अघि बढेको लेखा समितिको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदनले देखाएको बताउँदै सहकारीलाई राम्रो गतिमा अघि बढाएकोमा सहकारीको संचालक समितिलाई धन्यबाद दिनुभयो ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाले सहकारीमा सदस्यहरुको संख्या बढिरहेको र यो खुसीको कुरा भएको बताउँदै पछिल्लोसमय सेयर सदस्यहरु उद्यमी गर्नेतर्फ अझ बढी अग्रसर भैरहेको बताउनु भयो । उहाँले सहकारीले विश्वास जितेर नै सेयर सदस्यको संख्या बढिरहेको बताउँदै अव सहकारीलाई अझै ब्यवस्थित गर्दै अघि लैजाने प्रतिवद्धता जनाउनु भयो ।

सहकारीका सचिव मित्रवहादुर आचार्य क्षेत्रीको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष जमुना पोखरेलले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिपककुमार चालिसेले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । जसमा सेयर सदस्यहरुमा बाल बचततर्फ डेनिस बेलबासे, खुत्रुके बचततर्फ सुशील खडका क्षेत्री, दैनिक बचततर्फ लिलामणि पोखरेल, ऐच्छिक बचततर्फ अन्नपूर्ण पटहर र आवधीक बचततर्फ बालकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।
त्यसैगरी आर्थिक बर्ष २०७८÷०७९ को १२ कक्षाको परिक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा सावरसिंह कुँवर र शान्ति कुँवरका छोरा समिर कुँवर तथा दिनेश घिमिरे र विन्दु पन्थी घिमिरेको छोरी दिपिका घिमिरे रहेका छन
सहकारीले सहकारीकी कर्मचारी कल्पना शर्मा आचार्यलाई सम्मान गर्नुका साथै उत्कृष्ट मासिक बचत गर्ने सैनामैना ४ कि लक्ष्मीदेवी पाण्डेलाई पनि सम्मान गरेको थियो । त्यसैगरि सहकारीको संस्थागत विकासमा योगदान पु¥याएकोमा प्रेमप्रसाद भुसाललाई समेत संस्थागत प्रोत्साहन सम्मान प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय