LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बाला चतुर्दशीको अवसरमा देशभरका शिवालयमा सोमबार बिहानैदेखि शतबीज छर्न भक्तजनको भीड लागेको छ ।
दिवङ्गग भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्ज्वलन गरी सोमबार शतबीज छर्ने धार्मिक प्रचलन छ ।
बाला चतुर्दशीको अवसरमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ४ भैरवघाटमा समेत बालाचतुर्दशी मेला आयोजना गरिएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष ठाकुर पाण्डेले भैरवघाट मेला आयोजना गर्नुको उद्देश्य बताउँदै मेलाले यस क्षेत्रको विकासमा टेवा पु¥याउनुका साथै धार्मिक पर्यटक भित्राउने मूल उद्देश्य राखेर आयोजना गरिएको बताउनु भयो ।

यसैगरी स्थानीय दुर्गा ढकालले आफ्ना पूर्वजहरुले सन्तान प्राप्तिका लागि बालाचतुर्दशीकै दिन यहाँ भाकल गरेको र भाकल पूरा भएपछि यो क्षेत्रको प्रचार प्रसारका साथै २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि मन्दिर बनाएर त्यसयता बालाचतुर्दशी मेला हुँदै आएको बताउनु भयो ।

विगतका वर्षको तुलनामा यसवर्ष बिहानैदेखि भैरवघाटमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई शतबीज छर्न, पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयंसेवकहरु समेत परिचालन गरिएको थियो ।
उता बाला चतुर्दशीको अवसरमा रुपन्देही, चितवन, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, मकवानपुर, काठमाडौं, कास्की, स्याङ्जा, पर्वत, बागलुङलगायत जिल्लामा समेत मेला लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय