LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिकाले सोमबार लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन तथा कानुनी अधिकार र क्षमता विकास सम्बन्धि अभिमुखीकरण सम्पन्न गरेको छ ।
१६ दिने अभियान अन्तरगत सैनामैना नगरपालिका बालबालिका तथा महिला शाखाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम भएको हो ।
समापन कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले हामीले सामान्यतया महिला हिंसालाई मात्र हिंसा बुझ्ने गर्दछौ भन्दै महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध नै लैंगिक हिंसा हो भन्नुभयो । उहाँले हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ  भने तेस्रो लिङ्गी समुदायमाथि हुने हिंसा पनि लैङ्गिक हिंसाको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
सैनामैना नगरपालिका उप–प्रमुख विना रानाले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो।
उप–प्रमुख रानाले भन्नुभयो– हिंसा र विभेद हुनुको मुख्य कारण परनिर्भर हुनु हो । महिलाहरु पुरुषमा निर्भर भएर बाँच्नुपर्दा हिंसामा पर्ने गरेको बताउँदै जबसम्म महिला आर्थिक रुपले सक्षम र आत्मनिर्भर हुदैनन् तबसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन ।
प्रमुख प्रसासकीय अधिकृत जनक थापाले घर परिवार वा समाजले पनि आफ्ना बालबालिकालाई आमाबुबा, दिदी दाजु, बहिनी र भाइ सबै बराबर हुन् र एक–अर्काले समान व्यवहार गर्नुपर्छ भन्ने सामान्य शिक्षा दिन सकियो भने पनि लैंगिक हिंसा कम गर्न सहयोग पुग्न सक्ने बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय