LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिकाले गत शुक्रवारदेखि सुरु गरेको पालिकाभित्र रहेका भुस्याहा (सामुदायिक) कुकुरहरुको बन्ध्याकरण शिविर सोमबार सम्पन्न भएको छ ।

चार दिन सञ्चालन भएको शिविरमा ४ सय ४६ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो भने रेबिज खोप समेत लगाइएको थियो ।

समापन कार्यक्रमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा भुस्याहा कुकुरको संख्यामा अव कमी आउने विश्वास ब्यक्त गर्दै आगामी दिनमा पनि नगरपालिकाले बजेटको व्यवस्थापन गरेर यस प्रकारको कार्यक्रम गर्ने विश्वास दिलाउनु भयो ।

समापन कार्यक्रममा केन्द्रिय रिफरल पशु चिकित्सालय काठामण्डौंका प्रमुख शर्मिला चापागाई, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्सक लोकराज भुसाल लगायतले बोल्दै भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर महत्वपूर्ण रहेको बताउनु भयो ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा पशु स्वास्थ्य प्राविधिक विष्णुप्रसाद घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो भने समापन कार्यक्रममा स्वागत सैनामैना नगरपालिकाका पशु स्वास्थ्य प्रमुख इन्द्रबहादुर खडकाले गर्नुभएको थियो ।
पालिकाभित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण गरिएको थियो ।
सैनामैना नगरपालिकाको आ.व २०८० ÷ ०८९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु बिकास शाखा र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको संयुक्त आयोजनामा शिविर आयोजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय