LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका स्थानीय विकास कोष शाखाको आयोजनामा सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर तथा सदस्यहरुका लागि सैनामैना वडा नं. १० मा तीनदिने नगरस्तरीय लेखा तथा समूह ब्यवस्थापन तालिम मंगलवारदेखि सुरु भएको छ ।
तालिमको उदघाटन सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो । स्थानीय विकास कोषकी अध्यक्ष पार्वती ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष मिना बस्यालको स्वागतमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतले कोषले समूहका महिला दिदी बहिनीहरुलाई कोषमा आवद्ध गरेर आयआर्जनमा लाग्न प्रेरणा दिनुपर्ने बताउनु भएको थियो ।

स्थानीय विकास कोष सैनामैनाकी अध्यक्ष पार्वती ज्ञवालीले स्थानीय विकास कोषको कार्यक्रम वडा नं. १ देखि ११ नम्बर वडासम्म रहेको बताउँदै ११५ वटा सामुदायिक संस्था रहेकोमा १ सय ५ वटा सकृय रहेको बताउनु भयो । उहाँले संस्थाको मूल नारा बचत, सिप र संगठन हो भन्दै कोषलाई प्रभावकारी बनाउन पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका स्थानीय विकास कोषको सदस्य सचिव लक्ष्मी खनालले सैनामैना नगरपालिका वडा नंं १० र ११ का स्थानीय बिकास कोषमा आवद्ध पदाधिकारी र मेनेजरहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको बताउँदै तालिमलाई कार्यस्थलमा व्यवहारमा परिणत गर्न प्रशिक्षार्थीहरुसंग आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा स्थानीय विकासकोष संचालक समिति सदस्य लक्ष्मीकुमारी गैरे रेग्मीले स्थानीय विकास कोष कार्यक्रम अहिलेसम्म सैनामैना नगरपालिका वडा नं. १ देखि ९ सम्म लागू हुँदै आएकोमा अव वडा नंं १० र ११ समेत समेटिएको बताउँदै वडा नंं १० र ११ लाई लक्षित गरि तालिम आयोजना गरिएको बताउनु भयो । उहाँले स्थानीय विकास कोषमा महिला दिदी बहिनीहरुलाई समावेश गर्ने बताउँदै कार्यक्रम प्रभावकारी रहेकोले यसमा आवद्ध हुन अनुरोध गर्नुभयो ।

स्थानीय विकास कोषको सामुदायिक संस्थामा बचत खाता, ब्यक्तिगत बचत खाता, ब्यक्तिगत पासबुक, ऋण माग फाराम, ब्यक्तिगत ऋण लेजर, नगद कारोबार खाता र सामुदायिक संस्थाको अभिलेख खाता रहेका छन । महिला दिदी बहिनीहरुले मासिक बचत गर्ने र समूहमै ऋण लगानी गर्ने यो कार्यक्रमको बिशेषता हो । यसलाई नगरपालिकाले प्रवद्र्धन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय