LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुरू भयो विवाहपञ्चमी, जनकपुरधाम क्षेत्रमा माछा–मासु र मदिरा निषेध
जनकपुरधाममा मंगलबारबाट विवाहपञ्चमी महोत्सव सुरू भएको छ। त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइन्छ।
विवाहपञ्चमी भव्य बनाउन जानकी मन्दिर झकिझकाउ बनाइएको छ भने रंगभूमी मैदान वरिपरि सरसफाइ गरिँदैछ। गिनिज बुकमा रेकर्ड दर्ज गराउन रंगभूमी मैदानमा ११ हजार फिटको अन्नबाट रामसीताको मूर्ति निर्माण गरिँदैछ। महोत्सवको आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा एकजना बालकलाई राम र बालिकालाई सीताको स्वरूप बनाइ नगरदर्शन गराइनेछ।
दोश्रो दिन, बुधबार फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाहोत्सव कार्यक्रम हुनेछ ।
महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्तलाई बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय