LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

गाउँमा बिजुली पुगेपछि नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२ डाडाँझेरी मथारका स्थानीय बासिन्दा खुसी भएका छन ।
उमेरले ८६ वर्ष पुग्नुभएका बुलिगँटार गाउँपालिका–२ का पूर्व वडाध्यक्ष एवम् स्थानीय प्रेमबहादुर थापा मगरले मर्ने बेलामा गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छन् भन्नुभयो ।
स्थानीय समाजसेवी राजेन्द्र रानाभाटका अनुसार अहिलेसम्म पहाडी गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य थिए तर अहिले गाउँमा बिजुली पुगेकोमा यहाँका जनता खुसी छन् ।
मट्टीतेलको टुकी बालेर जीवन बिताउन बाध्य भएका गाउँलेले गाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्ला भन्ने कहिल्यै कल्पना समेत गरेका थिएनन् ।
कावासोती वितरण केन्द्रबाट वितरण गरिएको विद्युत बुलिङटार गाउँपालिका–२ मा बिजुली पुगेको एक हप्ता भयो । अहिले डाडाँझेरीका एक सय २० घरमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको छ । अहिले सबैभन्दा समस्या सालको रुख कटान आदेश नहुँदा केही समस्या आएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय