LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गाउँमा बिजुली पुगेपछि नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२ डाडाँझेरी मथारका स्थानीय बासिन्दा खुसी भएका छन ।
उमेरले ८६ वर्ष पुग्नुभएका बुलिगँटार गाउँपालिका–२ का पूर्व वडाध्यक्ष एवम् स्थानीय प्रेमबहादुर थापा मगरले मर्ने बेलामा गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छन् भन्नुभयो ।
स्थानीय समाजसेवी राजेन्द्र रानाभाटका अनुसार अहिलेसम्म पहाडी गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य थिए तर अहिले गाउँमा बिजुली पुगेकोमा यहाँका जनता खुसी छन् ।
मट्टीतेलको टुकी बालेर जीवन बिताउन बाध्य भएका गाउँलेले गाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्ला भन्ने कहिल्यै कल्पना समेत गरेका थिएनन् ।
कावासोती वितरण केन्द्रबाट वितरण गरिएको विद्युत बुलिङटार गाउँपालिका–२ मा बिजुली पुगेको एक हप्ता भयो । अहिले डाडाँझेरीका एक सय २० घरमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको छ । अहिले सबैभन्दा समस्या सालको रुख कटान आदेश नहुँदा केही समस्या आएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय