LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुकुमपश्चिममा नेपाली कांग्रेसले ७५ वटा असथायी आवास निर्माण गरेको छ । भूकम्पपीडितहरुका लागि निर्माण गरेका आवास कांग्रेसले हसतान्तरण समेत गरिसकेको छ ।
कांग्रेस रुकुमपश्चिमका प्रवक्ता लालबहादुर ओलीका अनुसार आठबीसकोट नगरपालिका भित्र ५० वटा र सानीभेरी गाउँपालिकामा २५ वटा अस्थायी आवास निर्माण गरिएको हो । आठबीसकोटमा पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र सानीभेरीमा केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको टोलीले अस्थायी आवास निर्माण सम्पन्न गरेको हो ।

आठविसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा निर्माण भएका ५० वटा र सानीभेरी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ७ , ८ र ११ मा निर्माण भएका २५ वटा अस्थायी आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

कांग्रेसले रुकुमपश्चिममा पाँच सयवटा अस्थायी आवास निर्माणको योजना बनाएको जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।
उहाँका अनुसार टहरा निर्माणका लागि विभिन्न व्यक्तिहरुले जस्तापाता किन्न सहयोग गरेका छन् । अस्थायी आवास निर्माणको काम जारी रहेको सभापति ओलीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय