रुपन्देहीको कञ्चन गाउँपालिका १ मा रहेको गजेडी २ बकुलगाढ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौं साधारण सभा बुधबार एक समारोहका बीच सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाको खानेपानी क्षेत्रको विकासका लागि पालिकाभित्र रहेका खानेपानी संस्था, खानेपानी डिभिजन कार्यालय, स्थानीय संघ संस्था लगायत सवैको राय सल्लाहमा खानेपानीको योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।




त्यसैगरी खानेपानी डिभिजन कार्यालय बुटवलका प्रमुख राजकुमार चौधरीले बकुलगाढ खानेपानीको साधारण सभाको पूर्ण सफलताको कामना गर्दै खानेपानीको महत्वपूर्ण पक्ष भनेको श्रोतको सुनिश्चितता हो भन्दै खानेपानी श्रोतको संरक्षणमा सवैको ध्यान जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं १ का वडा अध्यक्ष हरिनारायण चौधरी, नेकपा माओवादी कञ्चन १ वडा कमिटीका अध्यक्ष यमनाथ पौडेल, दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष नेत्रबहादुर श्रीस र मनकामना आमा समूहकी अध्यक्ष भक्तमाया पुन लगायतले बकुलगाढ खानेपानीसंस्थाले खानेपानीको अभावका कारण समस्या भोगेका स्थानीय जनतालाई ठूलो गुन लगाएको बताउनु भएको थियो ।
बकुलगढ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बिष्णु शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गनुर््भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव तुलसी शर्माले गर्नुभएको थियो





