रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मा रहेको मुहान सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको नवौं साधारण सभा विहिवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एउटा घर चलाउन सक्षम महिलाले मुलुक चलाउन पनि सक्छन भन्ने कुरा महिलाहरुले नेतृत्व गरेका विभिन्न संस्थाहरु उदाहरण रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरुले नेतृत्व गरेको संस्थाको पारदर्शिता र सुशासनबाट सवैले सिक्नुपर्ने बताउँदै घरको काम सकेर महिलाहरुले विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा काम गरेको र यो अत्यन्त सराहनीय छ भन्नुभयो । नगर प्रमुख शर्माले महिलाहरुले सहकारी चलाएर महिला दिदी बहिनीहरुलाई आत्मसम्मानका साथ जीवन निर्वाह गर्न सहकारीमार्फत गरेको आर्थिक गतिविधि उदाहरणीय रहेको बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले महिलाहरुले नेतृत्व गरेको यो सहकारी अरु कुनै सहकारीभन्दा कम नभएको बताउँदै महिला दिदी बहिनीहरुले पनि समाजमा उदाहरणीय काम गर्न सक्छन भन्ने कुरा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष लिला अधिकारीले यस क्षेत्रका धेरै महिला दिदी बहिनीहरु पशुपालनमा आवद्ध रहेको र सहकारीले नगरपालिका लगायत विभिन्न विमा कम्पनीहरुसंग सम्झौता गरेर पशु बिमा कार्यक्रम संचालन गरेको बताउनु भयो ।



सैनामैना नगरपालिका वडा नंं. ९, १० र ११ भित्र बसोबास गर्ने महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सशक्तीकरण गर्दै कृषि, पशु विकास तथा ब्यावसायीक कार्यक्रममार्फत आयआर्जनमा अग्रसर गराई महिलाहरुको आर्थिक उन्नती गर्ने लक्ष्य सरकारीले राखेको छ ।
२०७२ सालमा ३६ जना सदस्य मिलेर डिभिजन सहकारी कार्यालयमा दर्ता भएको यो सहकारीमा अहिले १४ सय ५६ जना महिला सदस्यहरु रहेका छन ।
साधारण सभा उदघाटन कार्यक्रमको अध्यक्षता सहकारीकी अध्यक्ष लिला अधिकारीले गर्नुभएको थियो भने लेखा समिति संयोजक नमकुमारी थापाले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो
त्यसैगरी कार्यक्रमको संचालन सचिव नन्दा बुढाले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लक्ष्मीकुमारी गैरेले गर्नुभएको हो ।
समारोहमा महिला उद्यमी सहकारी अध्यक्ष सरिता लामिछाने, सालझण्डी सामुदाायिक वनका नरेन्द्र सोमरे लगायतले बोल्नुभएको थियो ।




