LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा विहिवार भएको सर्वदलीय बैठक विभिन्न तीनवटा निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले कञ्चनमा सुकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रकृयामा ढिलाई भैरहेकोमा राष्ट्रिय भूमि आयोगमार्फत थप जनशक्ति माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी लालपुर्जाको राजस्व धेरै भएको कारण लालपुर्जा वितरणमा समस्या आउने भएकोले घटाउने पहल भैरहेकोले त्यस बिषयमा बुझ्न, राजस्व घटाउन पहल गर्न र कामलाई गति दिन थप जनशक्ति माग गर्ने उद्देश्यले पालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र कर्मचारीको एक प्रतिनिधिमण्डल काठमाण्डौं जाने निर्णय भएको छ ।
त्यसैगरी गाउँपालिकामा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अब्यवस्थित बसोबासीको समस्या समाधानका लागि नापजाँच तथा कित्ताकाट सम्पन्न भई राजस्वको सूचना प्रकाशित हुन बाँकी रहेका कित्ताहरुको लालपुर्जा बितरणका लागि यथाशीघ्र राजस्व सूचना प्रकाशित गरि वितरणको कार्य सुरु गर्ने समेत बैठकले निर्णय गरेको छ ।
सर्वदलीय बैठकले राष्ट्रिय भूमि आयोगबाट जनशक्ति प्राप्त नभएमा कामलाई तीब्रता दिन पालिकाले स्थानीय तहबाटै सेवा परामर्शमा काम गराउन आयोगले स्वीकृति दिएमा गाउँपालिकाको बाँकी कामका लागि लागत अनुमान तथा क्षेत्रगत कार्यशर्त विवरण तयार गर्नका लागि नापी विभाग र भूमी आयोगमा अनुरोध गर्ने र सोही बमोजिम प्रगतीका आधारमा सेवा परामर्शबाट काम अगाडी बढाउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको बैठकमा पालिकाका पूर्व अध्यक्ष गोकर्ण क्षेत्री लगायत अन्य सवै प्रमुख राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय