LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा विहिवार भएको सर्वदलीय बैठक विभिन्न तीनवटा निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले कञ्चनमा सुकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रकृयामा ढिलाई भैरहेकोमा राष्ट्रिय भूमि आयोगमार्फत थप जनशक्ति माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी लालपुर्जाको राजस्व धेरै भएको कारण लालपुर्जा वितरणमा समस्या आउने भएकोले घटाउने पहल भैरहेकोले त्यस बिषयमा बुझ्न, राजस्व घटाउन पहल गर्न र कामलाई गति दिन थप जनशक्ति माग गर्ने उद्देश्यले पालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र कर्मचारीको एक प्रतिनिधिमण्डल काठमाण्डौं जाने निर्णय भएको छ ।
त्यसैगरी गाउँपालिकामा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अब्यवस्थित बसोबासीको समस्या समाधानका लागि नापजाँच तथा कित्ताकाट सम्पन्न भई राजस्वको सूचना प्रकाशित हुन बाँकी रहेका कित्ताहरुको लालपुर्जा बितरणका लागि यथाशीघ्र राजस्व सूचना प्रकाशित गरि वितरणको कार्य सुरु गर्ने समेत बैठकले निर्णय गरेको छ ।
सर्वदलीय बैठकले राष्ट्रिय भूमि आयोगबाट जनशक्ति प्राप्त नभएमा कामलाई तीब्रता दिन पालिकाले स्थानीय तहबाटै सेवा परामर्शमा काम गराउन आयोगले स्वीकृति दिएमा गाउँपालिकाको बाँकी कामका लागि लागत अनुमान तथा क्षेत्रगत कार्यशर्त विवरण तयार गर्नका लागि नापी विभाग र भूमी आयोगमा अनुरोध गर्ने र सोही बमोजिम प्रगतीका आधारमा सेवा परामर्शबाट काम अगाडी बढाउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको बैठकमा पालिकाका पूर्व अध्यक्ष गोकर्ण क्षेत्री लगायत अन्य सवै प्रमुख राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय