LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

हेल्पर केयरिङ सर्कलको आयोजनामा बुटवल ११ न्यु दुर्गानगरमा रहेको मायादेवी जनजागृति आधारभुत बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । संस्थाका सल्लाहकार गणेश पौडेलको प्रमुख आतिथ्यमा र बिश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष बिस्वास घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै आईरहेको र क्लबको उचाईलाई थप माथी पु¥याउन सबैको साथ र सहयोगको आग्रह गर्नुभयो ।
आगामी दिनमा पनि क्लबले स्कुललाई सहयोग गर्ने बताउँदै क्लवले आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने विभिन्न लक्ष्य रहेको बताउनु भयो ।
त्यस्तैगरी प्रमुख अतिथि क्लबका सल्लाहकार पौडेलले युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा सधैं साथ रहने र समाजका किशोर– किशोरीको हकहितमा काम गर्ने भन्दै आगामी दिनमा राम्रा खालका सामाजिक कार्य गर्न आग्रह गर्नुभयो ।
विद्यालयका अध्यक्ष नेत्रलाल रानाले कार्यक्रममा बोल्दै बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ आगामी दिन पनि सहयोगको अपेक्षा गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय