LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिकाकै एकमात्र उच्च शैक्षिक संस्था हरैया बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ र भलिबल प्रतियोगिता सम्पन्न भएका छन् ।

प्रतियोगितामा हाजिरीजवाफ तर्फ बिएड चौथो वर्षका दयाराम यादव , सो वर्षकै रेखा प्रजापति र बिबिएस तेस्रो वर्षका दीपेन्द्र पासीको समूह प्रथम भए त्यस्तै बिएड तेस्रो वर्षका जीवन धवल , सो वर्षकै हरिकुमारी थारु र बिएड प्रथम वर्षका राजेशकुमार गुप्ताको समहले द्वितीय स्थान र बिबिएस दोस्रो वर्षका मिलन आचार्य , सो कक्षाकै अनिता थापा र बिएड तेस्रो वर्षका टिकाकुमार नाइसाको समूहले तृतीय स्थान हाँसिल गरेका छन् ।

हाजिरीजवाफमा जम्मा ८ समूहको सहभागी रहेको थियो । त्यसैगरी भलिबल प्रतियोगितामा बिबिएस प्रथम वर्षका रामचन्द्र यादवको समूह प्रथम र बिबिएस दोस्रो वर्षका नवरेन गुरुङको समूह द्वितीय स्थान हाँसिल गर्न सफल भएका छन् । अतिरिक्त क्रियाकलाप प्रमुख विनोद पौडेलको अध्यक्षता , क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन हाजिरीजवाफ तर्फ प्राध्यापक केबि धुवाँले र भलिबलतर्फ प्राध्यापक द्वय शेरबहादुर बस्नेत र शोभाखर आचार्यले गर्नुभएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय