LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाकै एकमात्र उच्च शैक्षिक संस्था हरैया बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ र भलिबल प्रतियोगिता सम्पन्न भएका छन् ।

प्रतियोगितामा हाजिरीजवाफ तर्फ बिएड चौथो वर्षका दयाराम यादव , सो वर्षकै रेखा प्रजापति र बिबिएस तेस्रो वर्षका दीपेन्द्र पासीको समूह प्रथम भए त्यस्तै बिएड तेस्रो वर्षका जीवन धवल , सो वर्षकै हरिकुमारी थारु र बिएड प्रथम वर्षका राजेशकुमार गुप्ताको समहले द्वितीय स्थान र बिबिएस दोस्रो वर्षका मिलन आचार्य , सो कक्षाकै अनिता थापा र बिएड तेस्रो वर्षका टिकाकुमार नाइसाको समूहले तृतीय स्थान हाँसिल गरेका छन् ।

हाजिरीजवाफमा जम्मा ८ समूहको सहभागी रहेको थियो । त्यसैगरी भलिबल प्रतियोगितामा बिबिएस प्रथम वर्षका रामचन्द्र यादवको समूह प्रथम र बिबिएस दोस्रो वर्षका नवरेन गुरुङको समूह द्वितीय स्थान हाँसिल गर्न सफल भएका छन् । अतिरिक्त क्रियाकलाप प्रमुख विनोद पौडेलको अध्यक्षता , क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन हाजिरीजवाफ तर्फ प्राध्यापक केबि धुवाँले र भलिबलतर्फ प्राध्यापक द्वय शेरबहादुर बस्नेत र शोभाखर आचार्यले गर्नुभएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय